ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार प्रमुखमा सापकोटा

सोमबार १६, भदौ २०८२ ०४:३५

धनगढी । कारागार व्यवस्था विभागले कैलाली कारागार प्रमुखमा चिरञ्जीवि सापकोटालाई पठाएको छ । सापकोटाले सोमबारबाटै कैलाली कारागार प्रमुखको जिम्मेवारी सम्हालेका छन् । 

यसअघि कारागार व्यवस्था विभागमा रहेका उनी सरुवा भएर कैलाली आएका हुन् । गत ३१ साउनदेखि काजमा आएर कैलाली कारागार प्रमुखको जिम्मेवारीमा रहेका प्रकाश ढुङ्गाना फिर्ता भएका छन् । सापकोटाले आफू विभागबाट सरुवा भएर आएको बताए ।

कैलाली कारागारमा गत साउन २३ गते राति भएको हिंसात्मक घटनापछि काजगमा दुई जना प्रमुख फेरिएका छन् । कारागार व्यवस्था विभागले घटनाको दोस्रो दिन बाँकेको नौबस्ता कारागार प्रमुख जलान्धर भुसाललाई खटाएको थियो । उनको काज फिर्ता भएपछि साउन ३१ गतेदेखि ढुङ्गाना काजमा आएका थिए ।

२३ गते राति भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । घटना हुँदा कैलाली कारागार हुँदा निमित्तको भरमा थियो । 

कारागार घटना हुनुमा सुरक्षा कमजोरी देखिएको भन्दै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल घटनालगत्तै गृह मन्त्रालय तानिएका थिए । प्रहरी प्रधान कार्यालयले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणालाई पनि तानेको छ । 
 

प्रतिक्रिया