ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको खुटिया नदीमा डुबेर तीन किशोरको मृत्यु, एक जना बेपत्ता

बिहिबार १२, भदौ २०८२ ०४:२५

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा डुबेर तीन जना किशोरको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

नदीमा डुबेर बेपत्ता चार जनामध्ये तीन जनाको शव अहिले फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए । बेपत्ता एक किशोरको खोजी भइरहेको उनले बताए ।

नदीमा नुहाउने क्रममा स्थानीय १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जानेस भण्डारी र प्रतिक चौधरी र १६ वर्षीय सक्षम भण्डारी बेपत्ता भएका इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीका अनुसार अहिले शबको सनाखत भइरहेको छ । 

`सात जना पौडी खेल्न गएका थिए,´ डीएसपी चन्दले भने, `सातमध्ये चार जना डुबेर बेपता भएका थिए । तीन जनाको शव फेला परेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।´ मृतक र बेपत्ताको पहिचान हुन बाकी रहेको डीएसपी चन्दले बताए । 

प्रतिक्रिया