धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्याधुनिक केमिकलसहितको दमकल खरिद गरेको छ । बुधबार एक समारोहकाबिच नगर प्रमुख गोपाल हमालले दमकलको सेवा उद्घाटन गरेका हुन् ।
पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा आगो नियन्त्रणका लागि आवश्यक केमिकल राख्ने सुविधा पनि रहेको छ । उपमहानगरका मेयर हमालका अनुसार सामान्य पानीले निभाउन नसकिने आगलागी नियन्त्रणमा उक्त दमकलले प्रभावकारी काम गर्नेछ ।
धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधियुक्त दमकल खरिदमा ६६ लाख ३५ हजार ३५० रुपैयाँ खर्च भएको जनाएको छ ।
प्रतिक्रिया