ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आन्दोलनमा उखु किसान, ११ जिल्लामा पूर्वपश्चिम राजमार्ग चक्काजाम गर्ने चेतावनी

बुधबार ११, भदौ २०८२ ०५:३४

धनगढी । सरकारले उखुको अनुदानलाई घटाएपछि असन्तुष्ट बनेका कृषकहरूको आन्दोलन जारी छ ।

सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिने गरेको उखुको अनुदानलाई घटाएर ३५ रुपैयाँमा झारेपछि आइतबारदेखि सुरु भएको आन्दोलनलाई अझै कडा बनाउने उखु उत्पादन महासंघ नेपालले जनाएको छ ।

नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरेन्द्रसिंह विष्टले माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । 

सरकारले निर्णय परिवर्तन नगरे पूर्वदेखि पश्चिमसम्मका ११ जिल्लामा चक्का जामसहितका कार्यक्रममार्फत आन्दोलनलाई थप तीव्र पारिने उनको भनाइ  छ ।

प्रतिक्रिया