धनगढी । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर रोशन भट्ट चयन भएका छन् । उनी सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सिडेनको सुदूरपश्चिम उसभापतिमा इन्जिनियर कृष्णबहादुर ऐर, सचिवमा दीपेन्द्रबहादुर शाही, सहसचिव किरण रावल र कोषाध्यक्षमा शैलेन्द्रबहादुर मल्ल सर्वसम्मत भएका छन् ।
यस्तै सदस्यहरुमा इन्जिनियर बिरेन्द्र रोकाया, शान्तकुमार साउद, मदनबहादुर कुंवर, रोशन ओझा, रोशन भाट, प्रदीपकुमार धामी, विकास रावल, कोशराज बडू, करणसिंह ऐरी र मंगल बुढा चयन भएका छन् ।
प्रतिक्रिया