धनगढी । विद्यालय शिक्षा विधेयकविरुद्ध सुदूरपश्चिम प्रदेशसभा अगाडि प्रदर्शन गरिएको छ । प्याब्सन, एन–प्याब्सन, हिसान र अपेन सुदूरपश्चिमको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले गैर नाफामूलक चाहिँदैन, कम्पनी हटाउन पाइँदैन, संघीय शिक्षा नीति सुधार गर, निजी विद्यालयको सम्मान गर र निजी विद्यालय मार्न पाइँदैन लगायतका नाराबाजी गरेका थिए ।
उनीहरूले सरकारले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रस्ताव ल्याएकाको विरोध जनाएका छन् ।
हालको अभ्यासअनुसार जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधान कायम राख्नुपर्ने, पूर्ण छात्रवृत्तिसम्बन्धी शब्द हटाउनुपर्ने, भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम राख्नुपर्ने तथा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्ताव हटाउनुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया