ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका विपिन जोशीलाई रिहा गराउन टिकटक स्टार अंश बर्माले थाले ‘ग्लोबल ट्रेन्ड’

आइतबार ०८, भदौ २०८२ ०३:३१

धनगढी । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि विश्वव्यापी ट्रेन्ड चलाएर अभियान थालिएको छ । टिकटक स्टार अंश बर्माले उक्त अभियान थालेका हुन् । 

१० लाख फलोअर्स रहेको आफ्नो टिकटक एकाउन्टबाट उनले विश्वव्यापी ट्रेन्ड चलाउँदै अभियानको थालनी गरेका हुन् । दिनमा एउटा भए पनि विपिनबारे टिकटक भिडियो बनाउन उनको आग्रह छ । 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफ्ना सामाजिक संजालबाट पोस्टबाट विपिनको रिहाइको लागि सरकारले कुनै कसर बाँकी नराखेको बताइरहेका छन् । इजरायल सरकारले त गतसाता विपिनकी आमा र बहिनीलाई झिकाएको थियो । त्यहाँ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेर उनीहरू स्वदेश फिरेका छन् ।

टिकटक स्टार बर्मा पनि विपिनकै जिल्ला कञ्चनपुरका हुन् । 

प्रतिक्रिया