ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भद्रपुरमा खोज तथा उद्दार तालिम सम्पन्न

शनिबार ०७, भदौ २०८२ ०५:२१

डडेल्धुरा । अजयमेरु गाउँपालिकाको आयोजना, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोग, युनिसेफ र युरोपियन युनियनको आर्थिक  सहयोगमा गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत खोज तथा उद्दर र प्राथमिक उपचार तालिम भद्रपुरमा सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको तालिमा दुर्घटनामा परेका घाइते तथा विपतको  समय जोखिममा परेकालाई कसरी प्राथमिक उपचार गर्ने तथा खोज र उद्दार गर्ने भन्नेबारेमा सीप सिकाइएको थियो । तालिममा सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका प्राथमिक उपचार प्रशिक्षक भोजबहादुर मन्नी र रतन टमट्टाले प्रशिक्षण दिएका थिए ।

सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत लोकराज पन्तले विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम र तालिमको उद्देश्यबारे जानकारी दिँदै विपदमा प्रयोगमा आउने प्राथमिक उपचार सीप सिकाउन तालिमको आयोजना गरिएको बताए । अजयमेरु गाउँपालिका प्रमुख  प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले तालिममा सिकेका सीपहरु आवश्यक परेका बेला व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

तालिममा अजयमेरु गाउँपालिकाभरिका छ वटै वडाका १४ वटा सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यालय नर्सहरुको सहभागिता रहेको थियो ।
शनिबार एक समारोहका बिच तालिमको समापन गरिएको छ । समारोहमा सहभागीहरुले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । 

 

No description available.

प्रतिक्रिया