ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते

शनिबार ०७, भदौ २०८२ ०१:०९

दार्चुला । दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका‐३ लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार शुक्रबार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका‐७, जोलजिवीमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । 

प्रतिक्रिया