ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

शनिबार ०७, भदौ २०८२ ०८:०२

कैलाली । कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरका २० वर्षीय युघिस्टर बुढामगरको मृत्यु भएको हो ।

प्रदेश प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार साँझ साढे ७ बजे आफ्नै घर नजिक हल्दुको रुखमा हाँगा काट्ने क्रममा नजिकैको हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा बुढामगर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाइएकोमा चिकित्सकले बुढामगरलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया