ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारको कर्मचारी सरुवा विवादित, कार्यान्वयन नगर्न आदेश

शुक्रबार ०६, भदौ २०८२ ०२:४८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गरेको कर्मचारी सरुवा विवादित भएको छ । प्रदेश सरकारले गरेको दसौं तहका वन अधिकृतकाे समय नपुगेरै सरुवा गरेपछि त्याे निर्णय विवादित भएको हो ।

प्रदेश सरकारले डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल र डिभिजन वन कार्यालय कञ्चचनपुरका प्रमुख रामबिचारी ठाकुरलाई समय नपुगेरै सरुवा गरेकाे थियो ।

नाै महिनाअघि मात्र डिभिजन वन कार्यालय धनगढीकाे प्रमुखकाे रुपमा पठाइएका कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय पहलमानपुरमा सरुवा गरिएकाे थियो भने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढी सरुवा गरिएकाे थियो ।

समय अगावै विना कारण सरुवा गरेपछि कृष्णदत्त भट्ट र रामचन्द्र कँडेलले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । उच्च अदालत दिपायलले भदाै ५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सुदूरपश्चिम प्रदेशका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी प्रदेश सरकारकाे सरुवाको उक्त निर्णय कार्यान्वयन नगर्न भनेकाे छ ।

नियमअनुसार निजामती कर्मचारी नवाैँ र दसाैँ तहकालाई कम्तिमा दुई वर्षसम्म एक ठाउँबाट अर्काे ठाउँ सरुवा गर्न पाउदैन । 

प्रतिक्रिया