ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट सुरु भयो ‘स्वर्ण बिन्दु प्राशन’ राष्ट्रिय अभियान

बिहिबार ०५, भदौ २०८२ १२:५७

धनगढी । कैलालीको धनगढीबाट राष्ट्रियस्तरको  ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त अभियानको शुभारम्भ गरेका हुन् । 

‘स्वर्ण बिन्दु प्राशन’ पाँच हजार वर्ष पुरानो आयुर्वेदिक विधि हो  । जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्क विकासमा योगदान पुर्‍याउँछ ।
स्वास्थ्य मन्त्रालयले यस अभियानलाई सुरक्षित र गुणस्तरीय बनाउन तालिम र निर्देशिका जारी गरी देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई एकरूपता कायम गर्ने योजना बनाएको छ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै कार्यक्रम सुरु गरे । उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित कार्यक्रम हो । यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा योगदान पुग्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्ने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको प्राथमिकता हो । आगामी पुस्ता निरोगी बनाउने हाम्रो लक्ष्यअनुरूप यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।’

प्रतिक्रिया