ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलाको नौगाडमा जिप दुर्घटना, ११ जना घाइते

बिहिबार ०५, भदौ २०८२ ११:५४

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

नौगाड गाउँपालिका–४, होपरी गाउँ नजिकैको भैरवधार भन्ने स्थानमा आज बिहान ग३च ३३५१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोबेजात्राबाट फर्कदै गरेको उक्त जिप अनियन्त्रित भएर सडकबाट करिब ७० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालक नौगाड–४, का लोकेन्द्रसिंह ठगुन्ना, सोही ठाउँका उमेश ठगुन्ना, रम्भा महता, मोहनसिंह ठगुन्ना, पार्वती टमटा, राम महता, श्याम महता, गम्वा महता र कान्छी महता घाइते भएका छन् । त्यस्तै मार्मा गाउँपालिका–५ की अप्सरा महता, अपिहिमाल गाउँपालिका–४ की लक्ष्मी कार्की घाइते भएका छन् ।
 
घाइतेहरुलाई उद्दार गरेर गोकुलेश्वर अस्पताल पुर्याइएको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिएका छन् । 

प्रतिक्रिया