धनगढी । भारत र चीनबीच द्धिपक्षीय व्यापारका लागि लिपुलेक पास खोल्ने सहमति भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणको रहेको बेला लिपुलेक पास खोल्ने सहमति भएको हो ।
नेपाली भूमि लिपुलेकबारे जानकारी नै नगराइ सीमा खोल्न उनीहरूबीच सहमति भएको छ । सन् २०१५ मा पनि उनीहरूले उक्त पास खोल्ने सहमति गरेपछि नेपालले विरोध जनाएको थियो । प्रतिक्रियामा दुवै देशलाई कूटनीतिक नोट पनि पठाएको थियो ।
पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर पूर्व नेपालको भूमि हो । भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने कुरा उल्लेख छ । विदेश मन्त्रालयद्वारा जारी बुँदा नम्बर ९ मा भनिएको छ, ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भए ।’
प्रतिक्रिया