ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम आउँदै स्वास्थ्यमन्त्री पौडेल

बुधबार ०४, भदौ २०८२ ०९:०४

धनगढी । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सुदूरपश्चिम प्रदेश आउने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेल आज मध्यान्न १२ बजे धनगढी पुग्ने कार्यक्रम छ । 

नेपाली काँग्रेस कैलालीका अनुसार दिउँसो ३ बजे मन्त्री पौडेलसंग पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम छ ।  मन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य संस्था निरीक्षण तथा पार्टी कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मन्त्री पौडेल भदौ ५ गते बिहान ८ बजे धनगढीबाट डडेल्धुरा प्रस्थान गर्ने छन् । दिउँसो २ बजे डडेल्धुरा अस्पतालको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । 

त्यसपछि सोही दिन साँझ ५ बजे डोटीको शिखर नगरपालिकामा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

६ गते बिहान ९ बजे दीपायल सिलगढी नगरपालिकामा पार्टी कार्यकर्ता भेटघाट गर्ने र बिहान ११ बजे पुर्वीचौकी गाउँपालिकाको १० शय्याको अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सोही दिन मन्त्री पौडेल काठमाडौं फर्किने कार्यक्रम रहेको छ । 
 

प्रतिक्रिया