ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा एक किशोर मृत फेला

मङ्गलबार ०३, भदौ २०८२ १२:३३

बैतडी । दार्चुलामा एक किशोर मृत फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ वर्षीय सन्दीप जोशी सोमबार राति मृत फेला परेका हुन् । 

दार्चुलाको भू–तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

महेन्द्र मावि खलंगमा कक्षा १० मा अध्ययनरत सन्दीपको मृत्यु भएपछि जोशी परिवार शोकमा डुबेको छ । 

प्रतिक्रिया