ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिनको रिहाइका लागि अधिकतम पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

सोमबार ०२, भदौ २०८२ ०६:२४

धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्लोस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत् उनले भनेकी छन्, ‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।

मन्त्री राणाले नेपाल सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै विपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गरिन् ।

हमास समूहको नियन्त्रणमा रहेका जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व रहेको मन्त्री राणााले बताइन् । 

उनले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका र उनीहरूले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेका जानकारी पनि गराइन् । 

प्रतिक्रिया