ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको खुटिया नदीमा बेपत्ता बालकको शव फेला

सोमबार ०२, भदौ २०८२ १२:२९

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशीको खुटिया नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जोशी आइतबार मध्याह्नदेखि सम्पर्कविहीन थिए । आइतबारदेखि नै दीपेन्द्र घर नफर्केपछि खोजी कार्य सुरु गरिएकोमा उनका साथीले नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको बताएका थिए । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बेपत्ता बालकका साथीले दिएको बयानको आधारमा दीपेन्द्रको शव खुटीया नदीमा भेटिएको जानकारी दिए । 

प्रतिक्रिया