धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताएका छन् ।
आज कैलालीको अत्तरियामा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वउपराष्ट्रपति पुनको नाम नलिएरै उनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताएका हुन् ।
‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ, जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ उहाँहरुको अधिकार खोसियो भन्ने भास्य चाँहि ठिक होइन,’ उनले भने, ‘स्वभाविक रुपमा माओवादी केन्द्रले गल्ती गर्यो, तर त्यो गल्तीको पछाडि एमाले जाँदैन । बरु गल्ती गरिहाल्नुभयो, सच्याउनुस् भन्छौं ।’
महासचिव पोखरेलले राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया