धनगढी । बैतडीमा एकजना अनमी मृत फेला परेकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी हुन् ।
पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर घरबाट स्वास्थ्य चौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनको पाँच महिनाअघि मात्रै विवाह भएको थियो । आफ्नै कोठामा अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया