धनगढी । कैलालीमा आमाछोरी मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आरती र अनुजा गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् । ‘साउन २९ गते आमाछोरी बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन आएको थियो,’ डीएसपी सिंहले भने, ‘दुबै जनाको गौरीशंकर सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’
सुरूमा छोरीलाई झुन्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । दुवैको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।
प्रतिक्रिया