धनगढी । कारागार व्यवस्था विभागले कैलाली जिल्ला कारागारको जेलरमा प्रकाश ढुङ्गानालाई पठाएको छ । उनले आजबाट कारागार प्रमुखको कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि नेपालगञ्ज कारागार प्रमुख रहेका ढुङ्गानालाई विभागले कैलाली पठाएको हो । गत साउन २४ गते राती कारागारमा भएको हिंसात्मक घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । घटना हुँदा कारागार निमित्तको भरमा थियो । घटनाको दोस्रो दिन कारागार व्यवस्था विभागले कैलाली कारागार प्रमुखको रुपमा बाँकेको नौबस्ता कारागार प्रमुख जलान्धर भुसाललाई खटाएको थियो ।
नयाँ प्रमुख आएपछि भुसाल फर्किएका छन् । घटना हुनुमा प्रशासनको सुरक्षा कमजोरी देखिएपछि गृह मन्त्रालयले कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेको थियो । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा कृष्णप्रसाद लम्साल आएका छन् ।
प्रतिक्रिया