ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरले ल्यायो ‘जम्प एयर ब्याग’, आगलागीमा उद्धार गर्न सहज हुने

आइतबार ०१, भदौ २०८२ ०९:४९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सेफ्टी जम्प एयर ब्याग खरिद गरेको छ । घरमा आगलागी भएको अवस्थामा माथिल्लो तल्लामा रहेका व्यक्तिलाई त्यसमा सुरक्षित अवतरण गराउने सेफ्टी जम्प एयर ब्याग खरिद गरिएको हो । 

यस ब्यागबाट धनगढीवासीलाई सेवा दिइने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । उनले विशेष गरेर चार÷पाँच तलाको घरमा आगलागी भएमा उद्धार गर्न कठिनाइ भएको बेला सेफ्टी जम्प एयर ब्यागमा जम्प गर्न लगाएर उद्धार गरिने जानकारी दिए । 

‘आपतमा परेकालाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरुलाई यस ब्यागमा जम्प गर्न प्रेरित गर्नेछौं,’ उनले भने, उक्त एयर ब्यागमा पम्पले आठ मिनेट तीन सेकेण्डमा हावा भरिने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । खरिद गरेर ल्याइएको सो ब्यागको धनगढी उपमहानगरपालिकाको कार्यालयमा परीक्षणसमेत गरिएको छ ।

प्रतिक्रिया