ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारद्धारा ३२ उपसचिवको पदस्थापन तथा सरुवा, को कहाँ ?

शनिबार ३१, साउन २०८२ ०९:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३२ जना उपसचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासनतर्फका उपसचिवहरु हेमन्तबहादुर सिंहको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनलाय, जयन्ती गिरीको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, मेखराज जैशीको भौतिक पूर्वाधार विकास मन्त्रालय, भुवन जोशीको यातायात व्यवस्था कार्यालय कैलाली, सत्यराज जोशीको आर्थिक मामिला मन्त्रालय, जगदीश जोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अमृता भट्टराईको काजसहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदस्थापन गरेको छ ।

यस्तै प्रशासन सेवा राजश्वतर्फका उपसचिव धनबहादुर रोकायालाई आर्थिक मामिला मन्त्रालयमै पदस्थापन गरिएको छ । साथै सामान्य प्रशासनतर्फकै उपसचिव मंगलबहादुर शाहीलाई सामाजिक विकास मन्त्रालय र गणेशसिंह ऐरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

इन्जिनियरिङ सेवाका सिनियर डिभिजन इन्जिनियरहरु गोविन्द देवकोटाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी र खेमराज रेग्मीको जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय बझाङ सरुवा गरिएको छ ।

साथै रामरथ खरेललाई जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय बैतडीको प्रमुख सिनियर डिभिजनल इन्जिनियर पदमा सरुवा गरिएको छ ।

कृषि सेवातर्फ टिकेन्द्र कुस्मी र गंगादत्त अवस्थीलाई कृषि विकास निर्देशनालय डोटीको कृषि प्रसार निर्देशक, नरेन्द्र पनेरुको कृषि ज्ञान केन्द्र डडेलधुराको बागवानी निर्देशक, सुर्यबहादुर शाही ठकुरीको पशु सेवा तालिम केन्दमा मत्स्य विकास निर्देशक, श्यामसिंह खड्काको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरको पशु विकास निर्देशक, शिद्धराज उपाध्यायको बीउ विजन प्रयोगशाला सुन्दरपुरमा बाली विकास निर्देशक, घनश्याम चौधरीको कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र कञ्चनपुरको निर्देशक तथा काजमा कृषि ज्ञान केन्द्र कैलाली, डा. बिनोदकुमार कठायतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीको निर्देशकमा सरुवा गरिएको छ ।

वन सेवातर्फका उपसचिवहरु भक्तराज गिरीको डिभिजन वन कार्यालय बैतडीमा डिभिजन बन अधिकृत र भरतप्रसाद श्रेष्ठको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको छ । वन सेवातर्फकै उपसचिव भरतप्रसाद भट्टलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कामकाज, जनक पाध्याको वन निर्देशनालयकोसमेत जिम्मेवारी हुने गरि वन अनुसन्धान तालिम केन्द्रमा बरिष्ठ  उपनिर्देशक, केशव पराजुलीको डिभिजन वन कार्यालय अछामको बरिष्ठ डिभिजनल वन अधिकृतमा सरुवा गरिएको छ भने  कृष्णदत्त भट्टलाई वन कार्यालय पहलमानपुर र रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय कञ्चनपुर र रामबिचारी ठाकुरको डिभिजन वन कार्यालय कैलालीको बरिष्ठ डिभिजनल वन अधिकृतमा कामकाज सरुवा गरिएको छ ।

किशोर अर्यालको जलाधार व्यवस्थापन कार्यालय कैलाली र श्यामकुमार श्रेष्ठलाई जलाधार व्यवस्थापन कार्यालय डोटीको बरिष्ठ डिभिजनल जलाधार व्यवस्थापन अधिकृतमा सरुवा गरिएको छ । 

शिक्षाका उपसचिव कृष्णबहादुर बोहरालाई सामाजिक विकास मन्त्रालय तथा प्रदेश लोकसेवा आयोगमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया