ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

मङ्गलबार २७, साउन २०८२ १०:३७

टीकापुर । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै यात्रुबाहक बसले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार टीकापुर बसपार्कबाट लम्कीतर्फ गइरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले मंगलबार बिहान ९ बजेतिर साइकल र मोटरसाइकल यात्रीलाई ठक्कर दिएको हो । 

उनीहरुमध्ये साइकल यात्रीको दुर्घटनामा ज्यान गएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नविनराजा बुढाथोकीले मृतकको पहिचान खुल्न नसकेको जानकारी दिए । उनका अनुसार मृतक ४०–४५ वर्ष उमेरका छन् । 

प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको थियो भने पछि मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट सुपप्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाइते भएका छन् ।
 
उनलाई थप उपचारका लागि टीकापुर अस्पतालले नेपालगञ्ज रेफर गरेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था गम्भीर छ ।

प्रतिक्रिया