ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो

सोमबार २६, साउन २०८२ १२:१७

बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ । 

खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तको भनाइ छ ।   यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउँछ । 

उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्रायः छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ । 

यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान जारी राखेको छ । तर अहिलेसम्म ठोस् रुपको उपचार पद्धति भने विकास हुन सकेको छैन ।

यस्तै जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तको भनाइ छ । लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, विस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखापर्ने गरेका छन् । लम्पी स्कीन देखिएका पशुबाट  नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया