धनगढी । कैलालीमा संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान हुने भएको छ । आइतबार मोर्चाले वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान गर्ने भएको हो ।
तराई मधेशकेन्द्रित सात दलीय मोर्चाले देशका विभिन्न आठ स्थानमा गर्ने भनी निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ ।
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
प्रतिक्रिया