ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखराज भट्ट भन्छन्– ओली कन्चनपुरमा उभिएर मेचीसम्म देख्नुहुन्छ

शुक्रबार २३, साउन २०८२ ०३:११

कञ्चनपुर । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली निकै दूरदर्शी रहेको बताएका छन् ।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रममा ओलीको प्रशंसामा भट्टले भने, ‘केपी ओली यहाँ कन्चनपुरमा उभिएर काठमाडौं होइन, मेचीसम्म पनि हेर्नुहुन्छ, देख्नुहुन्छ। मैले देख्छु नारायणघाटसम्म । धेरै देखे काठमाडौंसम्म।’

ओलीलाई छोटो समयमा बुझ्न नसकिने भन्दै उनले विशेष अध्ययनको आवश्यकता रहेको बताए । ‘केपी आलीलाई अझै सबैले बुझेकै छैनन्। उहाँलाई बुझ्न समय लाग्छ। अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। कतिखेर के कदम चाल्नुहुन्छ भन्ने कुरा हामीहरुले बुझ्न सक्दैनौँ,’ उनले भने।

प्रतिक्रिया