धनगढी । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि नागरिकताको निरन्तरता सुनिश्चित गर्न युनाइटेड नेपाली एसोसिएसन (युएनए)ले अभियानको औपचारिक सुरुवात गरेको छ । पाँच वर्ष लामो तयारी र प्रवासी समुदायसँगको समन्वयपछि यो अभियान थालिएको हो ।
युएनएका अनुसार उक्त अभियानको मुख्य लक्ष्य प्रत्येक नेपालीलाई आफ्नो मातृभूमिसँगको सम्बन्ध कायम राख्ने अधिकार दिलाउनु हो। ‘साझा प्रयत्न र एकतामार्फत ठूलो परिवर्तन सम्भव छ,’ युएनएले एक विज्ञप्तिमा भनेको छ।
अभियान सुरु भएको एक साताभित्रै ड्यालस र भर्जिनियामा कार्यक्रम सम्पन्न भइसकेका छन् । यी कार्यक्रमहरूमा कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।
उनीहरूले नागरिकता निरन्तरताको मागलाई समर्थन गर्दै अभियानलाई थप सशक्त बनाउन प्रेरणा दिएका छन् । युएनएले सबै प्रवासी नेपालीहरूलाई यो अभियानमा सहभागी हुन आह्वान गरेको छ । एसोसिएसनले आगामी दिनमा अमेरिका लगायत विभिन्न देशका सहरहरूमा कार्यक्रम गर्ने योजना बनाएको छ । यसले प्रवासी नेपाली समुदायका साथै नेपालभित्र पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
युएनएका अध्यक्षले यो अभियानलाई ‘आशावादी र एकीकृत यात्राको सुरुवात’ भन्दै सबैलाई मिलेर अधिकार सुरक्षित गर्न र आपसी सम्बन्ध प्रगाढ बनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया