धनगढी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा बादल फाटेर आएको भीषण बाढीपहिरोमा एकै वडाका १३ नेपाली बेपत्ता भएका छन् । जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका हुन् ।
कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै २० गतेको ‘क्लाउड ब्रस्ट’पछिको बाढीपहिरोमा परी १३ जना बढी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुनसक्ने उल्लेख छ ।
प्रतिक्रिया