काठमाडौँ । भारतमाथि थप २५ प्रतिशत कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्ध लगाउँदै जाने चेतावनी दिएका छन् ।
नयाँ करसँगै पहिलेदेखि लागू २५ प्रतिशत र अहिलेको २५ प्रतिशत गरी ५० प्रतिशत पुगेको छ । व्हाइट हाउसमा पत्रकार सम्मेलनमा ट्रम्पसँग चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो भन्ने प्रश्न गरिएको थियो ।
जवाफमा ट्रम्पले भने, ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनुहुनेछ ।’
प्रतिक्रिया