ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको एसएसपीमा रानाभाट, महेन्द्रनगरमा शाही

बिहिबार २२, साउन २०८२ ११:०२

धनगढी । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन गरिएको छ । साउन २१ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ जनाको पदस्थापन गरिएको हो । 

यस्तै अन्य दुई जना एसएसपीको सरुवा पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले २१ साउनको निर्णयअनुसार कुल १३ जना एसएसपीहररुलाई नयाँ जिम्मेवारीमा खटाएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा एसएसपी प्रकाश रानाभाटले जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत रानाभाटको हालै एसपीबाट एसएसपीमा बढुवा गरिएको थियो । 

यस्तै, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा एसएसपी दीपेन्द्र शाहीले जिम्मेवारी पाएका छन् । उनी एसपी हुँदा जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत थिए ।

प्रतिक्रिया