ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

थुनामुक्त गर्न माग गर्दै रविले दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

बिहिबार २२, साउन २०८२ १०:४१

बुटवल । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । 

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । 

सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर  रिहा भएपछि २५ दिन बाहिर बसेका थिए ।

प्रतिक्रिया