नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । स्थायी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले विप्लवसँग एकताको लागि वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको बताए ।
उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताको लागि छलफल चलाउने बताएका छन् । चार दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठक २६ बुँदे निर्णय गरेर आज सकिएको छ ।
प्रतिक्रिया