धनगढी । कैलालीमा एक युवतीकाे चक्कु प्रहार गरेर हत्या गरिएको छ । बर्दगाेरिया गाउँपालिका-१ मा रहेकाे राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत बर्दगाेरिया गाउँपालिका-३ कि १७ वर्षीया याचना सेजवालकाे हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सेजवालमाथि बर्दगाेरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए ।
`घटना आज बिहानको हो, हत्या आरोपित साउद पनि साेही सेकुवा सेन्टरमा काम गर्दै आएका थिए,´ डीएसपी सिंहले भने, `चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीकाे निसर्ग हस्पिटल ल्याइएको थियो । उनकाे उपचारका क्रममा मृत्यु भएको हो ।´
हत्या आरोपी साउदलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रतिक्रिया