नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेकी छिन् ।
अध्यक्ष श्रेष्ठले स्वास्थ्यमा समस्या भई उपचारमा रहेको बेलामा बिनाजानकारी गैरकानुनी निर्णय लिएको आरोप लगाएकी छिन् । चौधरीले ९ र १० साउनमा संसदीय दलको बैठक राखेर विभिन्न निर्णय गरेका थिए ।
श्रेष्ठले विधानविपरीत निर्णय लिएकाले स्पष्टीकरण सोधेको बताएकी छन् । श्रेष्ठले भनिन्, 'मेरो स्वास्थ्य समस्या भएर उपचारमा रहेको बेलामा विधानविपरीत बैठक राखेर विभिन्न निर्णय गरेकाले स्पष्टीकरण सोधेकी हुँ ।'उनले चौधरीलाई सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने ? प्रस्तुतपत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाईं कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’
प्रतिक्रिया