ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर घटनाः घाइते विद्यार्थी नेतालाई भेट्‌न अस्पतालमा प्रचण्ड

बिहिबार १५, साउन २०८२ ११:५९

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल (क्रान्तिकारी)का उपमहासचिव रामचन्द्र भट्टको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

उपचाररत भट्टलाई भेट्न प्रचण्ड बिहीबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

११ साउनमा कञ्चनपुरमा अखिल (क्रान्तिकारी)को बैठकमा हानाहान हुँदा भट्टको टाउकोमा चोट लागेको थियो ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । भट्ट अखिल (क्रान्तिकारी)का सुदूरपश्चिम इञ्चार्ज पनि हुन् । 

प्रतिक्रिया