ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कार्यबाहक अध्यक्षमा शिव बास्तोलालाई तोक्नु विधानविपरित : रेशम चौधरी

बुधबार १४, साउन २०८२ ०५:४५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको कार्यबाहक अध्यक्षमा शिव बास्तोलालाई तोक्नु पार्टी विधान विपरित भएको बताएका छन् ।

बुधार पार्टीको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले यस्तो बताएका हुन् ।

‘रन्जिताजीले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रष्टीकरण दिनुपर्थ्यो । कार्यबाहक अध्यक्ष तोकेको सन्दर्भमा मलाई व्यक्तिगत रुपमा अत्यन्तै मन परेको छैन,’ चौधरीले भने, ‘धेरै व्यक्तिको चित्त पनि बुझेको छैन । विधान विपरीत उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर तोक्नुपर्थ्यो । त्यसकारण पार्टीमा गम्भीर छलफल हुनुपर्‍यो ।’

प्रतिक्रिया