धनगढी । ०८० असार ५ गते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१–००१ झ ४८० नम्बर गाडी दुर्घटनामा प¥यो । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा बझाङको केदारस्यूँ गाउँपालिकास्थित धारछडा भन्ने ठाउँमा दुर्घटना भयो । उक्त दुर्घटनामा मन्त्री सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहले ज्यान गुमाए । मन्त्री सिंहका निजी सुरक्षा गार्ड दीपक भण्डारी र चालक धर्मराज जोशी गम्भीर घाइते भए ।
मंगलबार फेरि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की सवार गाडी र भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल सवार गाडी गम्भीर दुुर्घटनामा परे । मन्त्री पाल चढेको बा २ झ १४१९ नम्बरको गाडी र मन्त्री सार्की चढेको से १ झ ३३० नम्बरको गाडी कैलालीको लम्की बहुमुखी क्याम्पस नजिकै गम्भीर दुर्घटनामा परेका हुन् । दुुवै मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत हुने रानी जमरा कुलरिया सिंचाइ आयोजनाको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन जाँदै थिए ।
दुर्घटनाबाट मन्त्री सार्की चढेको गाडी सम्पूर्णरुपमा क्षतिग्रस्त भए पनि मन्त्री सार्की र गाडीमा रहेका उनका सुरक्षागार्ड, चालक र अन्य यात्री भने चोटपटक लाग्नबाट जोगिए । अर्का मन्त्री पाल चढेको गाडीको पछाडीको भाग क्षतिग्रस्त भयो । दुुबै गाडी तीव्र गतिमा थिए । आन्तरिक मामिलामन्त्री सार्कीको गाडीले अगाडि गुडिरहेको मन्त्री पालको गाडीलाई ठक्कर दिएको थियो ।
तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको ज्यान जाने गरि भएको दुुर्घटनाको छानबिन गर्न प्रदेश सरकारद्धारा गठित उच्चस्तरीय अध्ययन समितिले चालकको अक्षमताले दुुर्घटना भएको निष्कर्ष निकालेको थियो । चालक धर्मराज जोशी अनुुभवी चालक थिएनन् । मन्त्री नियुक्त भए लगत्तै सिंहले आफ्नो सम्बन्ध भएका जोशीलाई बझाङबाट झिकाएर मन्त्रीको सवारी चालकमा भर्ना गरेका थिए । अनुभव नभएका चालककै कारण मन्त्री नियुक्त भएको महिना दिनमै दुुर्घटनामा परेर सिंहले ज्यान गुुमाउनुु परेको थियो । सिंह मन्त्रीभएपछि पहिलोपटक गृह जिल्ला जाँदै थिए ।
प्रहरीका अनुसार मंगलबारको दर्घटनामा दुुबै मन्त्री सकुशल रहे पनि चालकहरुको गम्भीर लापरवाही र अक्षमता देखिएको छ । आन्तरिक मामिलामन्त्रीको गाडी उनका माइला छोरा सुुर्य सार्कीले चलाएका थिए । भौतिक पूर्वाधार विकास मन्त्री पालको गाडी सुरेन्द्र चौधरीले चलाएका थिए ।
प्राप्त जानकारीअनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि अगाडिअगाडि भौतिक पूर्वाधार विकासमन्त्री पाल सवार गाडीका चालक चौधरीले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासी ब्रेक लगाएका थिए । तीव्र गतिमा पछाडि रहेको आन्तरिक मामिलामन्त्री सवार गाडीका चालक सुुर्यले गाडीलाई नियन्त्रणमा लिन सकेनन् र बेजोडले मन्त्री पाल रहेको गाडीमा बज्रियो ।
अर्को जानकारीअनुसार मन्त्री सार्कीले राखेका आफ्नै छोरा सुुर्यलाई विगतमा सुविधायुक्त गाडी चलाएको अनुुभव थिएन । उनी ट्याक्टर चलाउँथे । तर, मन्त्री सार्कीले चालकमा आफ्नै छोरालाई भर्ना गरेका थिए ।
मन्त्रीकै ज्यान जाने गरि भएको दुुर्घटना र बल्लतल्ल मानवीय क्षति हुनबाट जोगिएको मंगलबारको दुुर्घटनाबाहेक पनि प्रदेश सरकारमा मन्त्रीहरुका गाडी विगतदेखि पटकपटक दुुर्घटना हुँदै आएका छन् । सरकारी सम्पति त हो नि भनेर वेप्रवाह गर्ने परिपाटी र मन्त्रीहरुले स–सानो लालचमा रहेर चालक जस्तो संवेनशील काममा पनि आफ्नो परिवारका सदस्य, छोरा, नातागोता भर्ना गर्ने परिपाटीले भीआइपी सवारीहरु पनि बारम्बार दुुर्घटनामा पर्ने गरेको सुरक्षाअधिकारीहरु औल्याउँछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले क्याविनेट मन्त्रीहरुले प्राप्त गर्ने सुविधामा दुुई जना स्वकीय सचिव, एकजना चालक, एकजना भान्से र एकजना सहयोगी गरि पाँच जना नियुक्त गर्न पाउने व्यवस्था छ । यी नियुक्तिमा मन्त्रीका आफन्तले अवसर पाउँदै आएका छन् ।
प्रतिक्रिया