ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी ठोक्किएर दुर्घटना, जाँदै थिए प्रधानमन्त्रीको स्वागतमा

मङ्गलबार १३, साउन २०८२ ०३:०९


धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी ठोक्किएर दुर्घटना भएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी ठोक्किएर दुर्घटना भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कैलालीको चिसापानीमा आयोजना गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको विद्युत गृहको उद्घाटन कार्यक्रममा सहभागी हुन गइरहेका दुवै मन्त्री सवार गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

लम्कीमा भौतिकमन्त्री पाल चढेको गाडीलाई कानुनमन्त्री सार्की चढेको गाडीले पछाडिबाट ठक्कर दिएको हो । भौतिकमन्त्री सवार गाडीका चालकले ब्रेक लगाएपछि पछाडिबाट आइरहेको कानुनमन्त्री सवार गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मन्त्री सार्की से १ झ ३३० र पाल ब २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडी क्षतिग्रस्त भए पनि गाडीमा रहेका मन्त्रीसहित सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहले बताए । 

प्रतिक्रिया