धनगढी । कैलालीको धनगढी विमानस्थलमा कुटाकुट भएको छ । विमानस्थल प्रहरीले दिएको जानकारीअनुसार सवारीको पार्किङ शुल्कका विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।
कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा प्रहरीको बाक्लो उपस्थिति रहेकै अवस्थामा एक युवकमाथि तीन/चार जना युवकले कुटपिट गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पार्किङ शुल्कको विषयमा सामान्य विवाद मात्रै भएको बताए ।
प्रतिक्रिया