ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा विपतका घटनामा एक वर्षमा ४० जनाको मृत्यु

आइतबार ११, साउन २०८२ १०:०८

धनगढी । सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०८१र८२ मा १९ पुरुष र २१ महिलाले विपत्को घटनामा ज्यान गुमाएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन् ।

यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया