ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको चुरेमा सुदूरकै ठुलो ड्र्यागन फ्रुटको बगैँचा

शनिबार १०, साउन २०८२ ०९:५०

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो ड्र्यागन फ्रुटको बगैँचा डडेल्धुराको चुरे पर्वतमा रहेको छ । आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ । 

स्थानीय कर्णबहादुर बोहोराले यसअघि दुई सय बिरुवाबाट यसै वडाको जालटुडामा ड्र्यागन फलको खेती सुरु गरेका थिए ।

उनले रोपेका बिरुवाले डेढ वर्षमै फल दिन सुरु गरेपछि यसवर्ष बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ । 

प्रतिक्रिया