ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा १० जना जुवाडे पक्राउ

शुक्रबार ०९, साउन २०८२ १०:२५

कैलाली । कैलालीमा १० जना जुवाडे पक्राउ परेका छन् । टीकापुर नगरपालिका–२ बन्दीपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरूसँगबाट नगद ६७ हजार ५९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया