ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडी र दार्चुलाको नेपाल-भारत सीमा नाका बन्द

मङ्गलबार ०६, साउन २०८२ १०:०७

धनगढी । भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गरी दार्चुला र बैतडीसँग जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

दार्चुलासंंग सीमा जोडिएको नाका आज बिहानैबाट साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म भारतसँग सीमा जोडिएका सबै नाकाहरू बन्द भएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ ।

सोही निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका स्थानीय प्रशासनको समन्वयमा दार्चुलाका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने छ । भारतसँग दार्चुलाका लाली, बाकु, जौलजिवि, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका जोडिएका छन् ।

यस्तै बैतडीसंग जोडिएका नाका भने ४ गतेदेखि नै बन्द छन् । ७ गतेसम्मका लागि नाका बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया