ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कैदीबन्दी मृत्यु प्रकरणः प्रहरीका सई नाथ पुर्पक्षका लागि थुनामा

सोमबार ०५, साउन २०८२ ०४:५३

धनगढी । कैदीबन्दीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) हरिजित नाथ पुर्पक्षका लागि थुनामा पठाइएका छन् । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि नाथलाई थुनामा पठाइएको हो । 

बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा असार १ गते चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको साउन २ गते राति मृत्यु भएको थियो । 

प्रहरीका सई नाथको कनेक्सन के हो ?

कैलालीको धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक (सई) हरिजित नाथ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

०८० भदौ २७ गते सई नाथले पालीविरुद्व बैंकिङ कसुरमा मुद्वा दिएका थिए । ‘प्रतिवादी हरीसिंह पालीले व्यापार व्यवसायका लागि रूपैयाँको समस्या परेको भन्दै एक १ महिनामा भाखा राखेर दुई लाख रुपैयाँ सापटी मागेका थिए,’ जाहेरीमा सई नाथले उल्लेख गरेका थिए, ‘०७९ जेठ २८ गते चेक दिएका थिए । उक्त चेकको रकम जम्मा गर्न जाँदा निजको खातामा पर्याप्त रकम थिएन ।’

नाथको जाहेरीपछि ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पालीलाई दुई बिगोबमोजिम (दुई लाख) जरिवाना र १० दिन कैदको फैसला भएको थियो । 

फैसला कार्यान्वयनकै क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई पक्राउ गरेको थियाे । पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले २ गते प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए । 

कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका थिए । मृतक पालीको शरीरभरि निलडाम भएको भिडियो पनि सार्वजनिक भएको थियाे ।

प्रतिक्रिया