अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
अवरुद्ध हुनेमा कोशी राजमार्ग, मेची राजमार्ग, तमोर करिडोर सडकखण्ड, मध्यपहाडी लोकमार्ग रहेका छन् ।
यस्तै, पासाङ–ल्हामु राजमार्ग, कालीगण्डकी करिडोर, जोमसोम–लोमान्थाङ सडक, सहिद राजमार्ग, जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया