ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

समाचारको विषयमा मेयरबाट धम्की खेपेका पत्रकार मृत फेला

आइतबार ०४, साउन २०८२ ११:५१

काठमाडौं । पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा मृत फेला परेका छन् । रौतहटको कटहरिया नगरपालिका– ५ का  ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूले तत्कालै नजिकैको स्वास्थ्य चौकी हुँदै गरुडास्थित ग्राण्डी अस्पताल पुर्‍याएका थिए । तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।

उनले जेठको अन्तिम सातामा समाचार सम्प्रेषणको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको बताइएको छ । 
 

प्रतिक्रिया