ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका शक्तिपीठमा भक्तजनको घुइँचो

शनिबार ०३, साउन २०८२ १०:१७

बैतडी । सुदूरपश्चिमका शक्तिपीठ तथा मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ । साउन महिनाको आरम्भसँगै शक्तिपीठमा बत्ती बाल्ने, पूजाआजा गर्ने र रातभर जाग्राम बस्ने चलन छ । 

साउन महिनालाई ‘बत्ती बाल्ने महिना’ का रूपमा मान्ने सांस्कृतिक र धार्मिक परम्परा सुदूरपश्चिममा छ । साउनको आरम्भ भएसँगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजा, भजनकीर्तन, आरतीलगायतका धार्मिक कार्यक्रम सुरु भएको छ । 

जिल्लामा रहेका त्रिपुरासुन्दरी, निङ्गलासैनी, डिलासैनी, मेलौली भगवती, रौलाकेदार, वाशुलिङ, सिगासधुरा, दोगडाकेदार, उदयदेव, शिवनाथलगायतका मन्दिरमा साउन महिनाभर श्रद्धालुको भिड लाग्ने गरेको छ । 
 

प्रतिक्रिया