ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

०८४ मा बाजुराबाट चुनाव लड्ने पत्रकार प्रकाश सिंहको घोषणा

शुक्रबार ०२, साउन २०८२ ०५:१२

धनगढी । बाजुराका पत्रकार प्रकाश सिंहले २०८४ सालमा निर्वाचन लड्ने घोषणा गरेका छन् । पत्रकार महासंघ बाजुराका पूर्वअध्यक्षसमेत रहेका सिंहले एक टेलिभिजन कार्यक्रममा बाजुरा जिल्लामै चुनाव लड्ने घोषणा गरेका हुन् । 

स्थानीय, प्रदेश वा संघीयमध्ये कुन तहमा निर्वाचन लड्ने विषयमा भने अहिले टुंगो लगाउन बाँकी रहेको सिंहले बताए । ‘बाजुराका आम नागरिकसंग सल्लाह गर्छु, मेरो शुभचिन्तकसंग पनि सल्लाह गर्छु,’ सिंहले भने, ‘मेरो एउटा युवाहरुको ठुलो समूह पनि छ । उहाँहरुसंग पनि सल्लाह र समन्वय गरेर अगाडि बढ्छु । त्यसपछि कुन तहको चुनाव लड्ने टुंगो लाग्छ । सम्भवतः संघमा पनि चुनाव लड्न सक्छु ।’

भोट किनेर नभई जनताको मन जितेर निर्वाचनमा होमिने सिंहको भनाई छ । एमाले पृष्ठभूमीका सिंहले कुन पार्टीबाट चुनाव लड्नेबारे भने टुंगो लगाउन बाँकी रहेको बताए । ‘कुनै पार्टीबाट लड्ने वा स्वतन्त्रबाट चुनाव लड्ने भन्ने टुंगो लगाउन बाँकी छ,’ सिंहले भने ।

सामाजिक अभियन्तासमेत रहेका सिंह आफ्नो अगुवाईमा जिल्लाका असहाय र अलपत्र परेका व्यक्तिलाई दुई करोड बढी सहयोग गरेको बताउँछन् । सिंह स्वास्थ्यकर्मी पनि हुन् । 

प्रतिक्रिया